कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि, ४६ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ३० जेठ २०७८, १६ : ४३
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि, ४६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५ सय १७ पीसीआर परीक्षणबाट १ हजार ६ सय ९४ र ४ हजार ८ सय ८९ एन्टिजेन परीक्षणबाट ७ सय १३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९ सय ९४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६८ हजार ९ सय ५५  जना सक्रिय संक्रमित रहेका छन्।