प्रदेश २ : मुख्यमन्त्री राउतप्रति प्रदेश प्रमुख असन्तुष्टि ,भन्छन् -'मन्त्रिपरिषद् समावेशी भएन '

सफल खबर संवाददाता

आइतबार, ३० जेठ २०७८, १३ : ३३
प्रदेश २ : मुख्यमन्त्री राउतप्रति प्रदेश प्रमुख असन्तुष्टि ,भन्छन् -'मन्त्रिपरिषद् समावेशी भएन '

काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै मुख्यमन्त्री लालबाबु राउतप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख झाले यही जेठ २८ गते मुख्यमन्त्री राउतलाई पत्र लेखी प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने बताएका छन् ।

‘प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेसीलगायतका पक्षलाई समानुपातिक, समावेशी उपस्थितितर्फ विशेष पहल गर्न स्मरण गराइन्छ,’ उनले पत्रमा लेखेका छन् ।

पुनर्गठिन मन्त्रिपरिषद्मा महिलालाई मन्त्री नबनाएको भन्दै एमालेले पनि प्रश्न उठाएको छ ।

प्रदेशमा अहिले मुख्यमन्त्री र ६ जना मन्त्री छन् । तर, कोही पनि महिला छैनन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा राज्यमन्त्रीको रुपमा उषा यादव छिन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस