तनहुँका युवा समाजसेवी सोतीको पहलमा स्वास्थ्य सामाग्री वितरण

सफल खबर संवाददाता

आइतबार, ३० जेठ २०७८, १२ : ४३
तनहुँका युवा समाजसेवी सोतीको पहलमा स्वास्थ्य सामाग्री वितरण

तनहुँ । युवा समाजसेवी अमर सोतीको पहलमा व्यास नगरपालिकालाई अक्सिजन सिलिण्डर सहितको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

व्यास ८ का युवा समाजसेवी सोतीको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट प्राप्त स्वास्थ्य सामाग्री व्यास नगरपालिकालाई आइतबार हस्तान्तरण गरिएको हो । सोतीले नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

व्यास नगरपालिकालाई ७ थान अक्सिजन सिलिन्डर, १ थान अक्सिजन कन्सन्ट्रेटर, पिपिइ, अक्सिमिटर, गमबुट, मास्क, फेस सिल्ड लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । सामाग्री बुझ्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले विभिन्न देशबाट प्राप्त सामाग्री स्वास्थ्य मन्त्रालयमार्फत नगरपालिकामा ल्याउन सहयोग गरेकोमा सोती सहितको टिमलाई धन्यवाद ज्ञापन गरे ।

उनले अहिलेको कोडिभको महामारीमा हरेक क्षेत्रको सहयोगले नै नगरबासीलाई महामारीसंग जुध्न सहयोग पुग्ने बताए । नगरप्रमुख न्यौपानेले व्यास नगरपालिकामा ५० शैया क्षमताको आइसोलेसन सञ्चालन गरेको, एम्बुलेन्स, शवबहान कर्मचारी निरन्तर कोभिड रोकथामको काममा निरन्तर लागेको बताए । त्यस्तै व्यास १० दुम्सीमा पिसिआर ल्याव सञ्चालनको तयारी भइरहेको समेत उनले बताए । 

युवा समाजसेवी अमर सोतीले कोरोनाको समयमा नगरबासीलाई सहयोग पुगोस भन्ने हेतुले नगरपालिकाको आवश्यकता अनुसारका स्वास्थ्य मन्त्रालयसंग स्वास्थ्य सामाग्री माग गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको बताए । सरकारले प्रदान गरेको सामाग्री भएपनि विभिन्न कठिनाई पार गर्दै सामाग्री ल्याउन सफल भएको सोतीको भनाई छ ।

उक्त सामाग्री नगरपालिकामा ल्याउनको लागि इन्जिनियर विवेक पौडेल, इन्जिनियर निर्देश रिमालले सहयोग गरेको सोतीको भनाई छ ।  सामाग्री हस्तान्तरण कार्यक्रममा हस्तान्तरण कार्यक्रममा व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, नगरपालिकाकी जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस