युवा व्यवसायी खनालले गरे १५ परिवारलाई खाद्यान्न वितरण

सफल खबर संवाददाता

शनिबार, २९ जेठ २०७८, १२ : ०४
युवा व्यवसायी खनालले गरे १५ परिवारलाई खाद्यान्न वितरण

 चितवन  । युवा व्यवसायी तथा समाजसेवी  पुरू खनालले वर्तमान बन्दाबन्दी ( लकडाउन) को असहज अवस्थाका कारण अप्ठेरो परिस्थितिमा रहेकालाई सहयोग गर्दै आइरहेका छन् ।

यसैअन्तर्गत आज फेरि खनालले पुर्वी चितवनको खैरहनी ४ स्थित गैडेआहलका विपन्न १५ घर परिवारलाई एक महिनालाई पुग्ने खाद्यान्न वितरण गरेका हुन् । व्यवसायसगै सामाजिक अभियान्ताका रूपमा समेत आफुलाई अग्रसर बनाईरहेका खनाल यहाँका विपन्नलाई १ महिनाका लागि पुग्ने गरि चामल,दाल, नुन र तेलसहित प्याकेज राहत वितरण गरेका हुन् ।  

‘हामी व्यवसायी हौं, व्यवसाय मात्र होईन् सामाजिक कार्य र  हाम्रो उत्तरदायित्व प्रती म सजक छु’ उनले भने, ‘लकडाउनले सबै मारमा पर्नुभएको छ, हामी सक्ने नसक्नेलाई सहयोग गर्ने  हो । छ र त दिनसकेको हुं ।’ पोल्टी व्यवसायमा अब्बल रहेका खनाल उघोग वाणिज्य संघ रत्ननगरका उघोग तर्फका उपाध्यक्ष साथै नेपाल ह्ययाचरी उघोग संघका सहसचिव समेत रहेका छन् ।

विगतमा समेत पुरू खनालले   आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न दिन दुःखी र गरिबलाई सहयोग गर्दै आएका छन् । यो राहत वितरण अभियानसगै खनाल लकडाउन र कोरोना भईरसका कारण समस्यामा परेका अन्यलाई समेत सहयोग गर्ने उद्वघोष गरेका छन् । उनले आज यो सहयोग खैरहनी हेल्प डेस्क मार्फत विपन्न समुदायको घरमा नै पुगेर सहयोग गरेका छन् ।

कार्यक्रममा खैरहनी हेल्प डेस्कका अभियान्ता एवं गेट एफएमका अध्यक्ष रामेश्वर रिजाल, पत्रकार महासंघ चितवनका कोषाध्यक्ष राजेन्द्र आचार्य, अभियान्ता सानू केसी, पुर्ण बोहरा, शान्तामणी नहरकी, रामजि कुवंर लगायतको सहभागीता थियो । यसअघि मात्र खनालले चितवनका पत्रकारलाई प्रेस संगठन नेपाल चितवन शाखा मार्फत ५ हजार थान मास्क र १ सय थान सेनिटाईजर सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस