काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि शनिबार दिउँसो २ बजे पार्टी पदाधिकारी बैठक बोलाएका छन्। आफ्नै निवास बुढानिलकण्ठमा देउवाले बैठक बोलाएका हुन्। कांग्रेसको भदौमा हुने महाधिवेसन र पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
देउवाको नियमित कार्यकाल सकेर थप गरेको डेढ वर्ष समय पनि भदौमा सकिँदैछ। पार्टीलाई संकटमा जानबाट बचाउन भदौमै महाधिवेशन गर्नुपर्ने बाध्यता कांग्रेसलाई छ। देउवा पार्टीलाई बचाउन जसरी पनि महाधिवेशन गर्न चाहेका छन् । कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने भनेको छ। क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम केही जिल्लामा सकिएका छैनन्।
१४ औं महाधिवेशन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाइएको हो । १० लाख क्रियाशील सदस्य बनाउने भनेको कांग्रेसमा अहिलेसम्म करिब ८ लाख क्रियाशील सदस्य बनिसकेका छन्। सिन्धुपाल्चोक लगायत केही जिल्लामा क्रियाशील सदस्यता वितरण भएको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ जेठ २०७८, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
पार्टी विभाजन नहोस् भन्ने चाहेको छु: देउवा
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा