प्रहरी भ्यानको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २८ जेठ २०७८, ११ : ५३
प्रहरी भ्यानको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

घोराही । प्रहरीको भ्यानले ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका वडा नं। २ लालमटियामा बिहीबार राति ११ :५५ बजे प्रहरीको लु.अ.अ.च ५३३४ नम्बरको प्रहरीको नयाँ भ्यानले ठक्कर दिदा विपरित दिशातिर गइरहेको भे १ प ८४२२ नम्बरको मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालका अनुसार प्रहरीको उक्त गाडी काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँकेतर्फ लैंजाँदै गरेको अवस्थामा उक्त दूर्घटना भएको हो । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी नियरिक्षक भुवन भट्टले मृतकको पहिचान खुलि नसकेको जानकारी दिए ।

उनले मृतक पुरुष अन्दाजी २५ बर्ष जतिको रहेको अनुमान गरे । मोटरसाईकल प्रहरीको गाडीको ढोका पछाडि ठोक्किएर उछिट्टीएर गई टाउको बिद्युत पोलमा ठोक्किएको देखिएन आएको जानकारी दिए । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस