सभामुख सापकोटाले डाँकेको सर्वदलिय बैठक आज

सफल खबर संवाददाता

शुक्रबार, २८ जेठ २०७८, ०८ : ०८
सभामुख सापकोटाले डाँकेको सर्वदलिय बैठक आज

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार सर्वदलीय बैठक बोलाएका छन्। सभामुख सापकोटाले दिउँसो २ बजे बैठक बोलाएका हुन्।  

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि सभामुख सापकोटाले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा रहेका दलका नेता र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएका छन् ।

प्रधानमन्त्री ओली निकट नेताका अनुसार प्रतिनिधिसभा नै विघटन भईसकेको अवस्थामा पूर्व सभामुखले बोलाएको बैठकको केही औचित्य नहुने भन्दै नजाने बताएका छन् ।  प्रतिनिधिसभा विघटनपछि सभामुख सापकोटाले पूर्व सभामुख र कानून व्यवसायीहरुसँग छुट्टाछुट्टै छलफल गर्दै आएक थिए।

प्रतिक्रिया दिनुहोस