काठमाडौँ । सर्वोच्च अदालतले नागरिकता संशोधन सम्बन्धी अध्यादेश कार्यान्वन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
बिहीबार संवैधानिक इजलासले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाउँमा अन्तरिम आदेश जारी गरेको हो।
वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसहित ६ वटा रिट निवेदन सर्वोच्चमा परेको थियो। सरकारले जेठ ९ गते जारी गरेको अध्यादेशमा जन्म सिद्धका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था छ।
त्यस्तै आमाको नामबाट नागरिकता पाउने व्यवस्थालाई पनि सहज बनाइएको छ। जसपाको महन्थ ठाकुर पक्षको माग पूरा गर्न जारी भएको अध्यादेश त्यो समूह सरकारमा गएसँगै अध्यादेश कार्यान्वयन गर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ जेठ २०७८, १७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार
रेशमको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन