गृहमन्त्री अधिकारीको क्याबिनेटमा पाँचौ वरियता, बादल पत्नी नैनकलाको १४ औं

सफल खबर संवाददाता

विहीबार, २७ जेठ २०७८, १५ : ३६
गृहमन्त्री अधिकारीको क्याबिनेटमा पाँचौ वरियता, बादल पत्नी नैनकलाको १४ औं

काठमाडौं । केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भएका खगराज अधिकारीको वरियता पाँचौ नम्बरमा रहेको छ । उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले बिहीबार गृहमन्त्रीमा नियुक्त गरेकी हुन् । कास्कीमा उनी ओलीका विश्वास पात्र मानिन्छन् । 

रामबहादुर थापा बादललाई सर्वोच्चले सांसद नरहेको भन्दै पदमुक्त गरिदिएपछि अधिकारीको गृह मन्त्रालयमा प्रवेश भएको हो । यता बादलले भने पत्नी नैनकला थापालाई मन्त्री बनाउन सफल भएका छन् । नैनकला सञ्चार तथा सूचनाप्रविधि मन्त्री नियुक्त भएकी हुन् । उनको ओली सरकारमा १४ औं नम्बरको वरियता रहेको छ । 
 

जसपाका ३ नेतापछि नवनियुक्त मन्त्री राजकिशोरको वरियता

जसपाका नेता राजकिशोर यादवको केपी ओली सरकारमा प्रवेश भएको छ । ओली नेतृत्वमा उनको वरियता १० औं नम्बरमा रहेका छन् । जसपाका तीन मन्त्रीपछि उनको वरियता परेको हो । उनीअघि जसपाका वरिष्ठ नेता समेत रहेका उपप्रधानमन्त्री राजेन्द्र महतोको वरियता चौथो नम्बरमा रहेको छ । यस्तै ऊर्जामन्त्री शरतसिंह भण्डारीको छैटौँ र अनिलकुमार झाको वरियता आठौं नम्बरमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस