‘आरजुलाई हराए मन्त्री बनाउँछु’ भन्ने ओलीको वाचा ३ वर्षपछि पूरा

सफल खबर संवाददाता

विहीबार, २७ जेठ २०७८, १५ : ०६
‘आरजुलाई हराए मन्त्री बनाउँछु’ भन्ने ओलीको वाचा ३ वर्षपछि पूरा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई चुनावी प्रतिस्पर्धामा हराएका नारदमुनि राना पनि मन्त्री बन्ने भएका छन् । रानालाई प्रधानमन्त्री केपी शर्मा ओलीले वनमन्त्री प्रस्ताव गरेका थिए । रानाले आज साँझ ४ बजे सपथ लिन लागेका छन् । 

रानाले प्रतिनिधसभाको गत चुनावमा नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई कैलाली क्षेत्र नं ५ बाट ४ हजार ८८० मतान्तरले पराजित गरेका थिए ।

ओलीले चुनावकै बेला नेता रानालाई मन्त्री बनाउने भन्दै मत मागेका थिए । रानाले चुनाव जिते पनि मन्त्री बन्ने अवसर ३ वर्षपछि पाएका छन् । प्रधानमन्त्री ओलीले आरजुलाई हराए मन्त्री बनाउँछु भनेको वाचा अहिले आएर पूरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस