सुनसरीबाट खैरो हिरोइन सहित एक जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, २७ जेठ २०७८, १४ : ३९
सुनसरीबाट खैरो हिरोइन सहित एक जना पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित भन्टाबारीबाट प्रहरीले खैरो हेरोइन सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भन्टाबारी घर भएका ४० वर्षीय शम्भु कविरथ छन् ।

इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले उनको साथबाट ९ दशमलव ५४० ग्राम लागु औषध ‘खैरो हेरोइन’ बरामद गरेको छ । उनीमाथि लागु औषध नियन्त्रण ऐन–२०३३ अनुसार अदालत बाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस