स्वास्थ्यमन्त्री तामाङले बुझाए आफ्नो सम्पत्ती विवरण

सफल खबर संवाददाता

विहीबार, २७ जेठ २०७८, ११ : ५०
स्वास्थ्यमन्त्री तामाङले बुझाए आफ्नो सम्पत्ती विवरण

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाएका हुन् ।

सम्पत्ती विवरणमा उनकी श्रीमती उषाकला राईको नाममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा अढाईतले एउटा घर छ । मन्त्री तामाङ र राईको नाममा काठमाडौं, खोटाङ, सिन्धुपाल्चोक र मोरङका विभिन्न स्थानमा जग्गा रहेको छ ।

त्यस्तै, उनीहरुसित २२ तोला सुनसँगै विभिन्न बैंक तथा वित्तीय संस्थामा नगद मौज्दात र सेयर रहेको छ । विवरणमा  ऋण पनि रहेको उल्लेख छ । सम्पत्ति विवरणानुसार राईको नाममा एउटा कार र तामाङको नाममा एउटा मोटरसाइकललगायत रहेको छ ।

प्रतिक्रिया दिनुहोस