काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली बिच गए राति शीतल निवासमा भेटघाट भएको छ । प्रधानमन्त्री ओली नियमित छलफल र भेटघाटका लागि शीतल निवास पुगेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले बताए ।
उनका अनुसार राष्ट्रपतिसँग प्रधानमन्त्रीको नियमित भेटघाट भएको हो । सरकारले गरेको कामकाजबारे राष्ट्रपतिलाई जानकारी गराउनु तथा समसामयिक विषयमा परामर्श गर्नु प्रधानमन्त्रीको कर्तव्य भित्र पर्छ ।
पछिल्लो समय नेपालको राजनीति पेचिलो बन्दै गएका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग परामर्श गर्नु, भेटघाट गर्नु सामान्य कुरा भएको बालुवाटार स्रोतको भनाई छ । राष्ट्रपति भण्डारी भेट्न प्रधानमन्त्री ओलीबीच हिजो अपरान्ह साढे सात बजे शीतलनिवासमा पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ जेठ २०७८, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिकाे विश्वास
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिका विज्ञ राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
५ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र