काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली बिच गए राति शीतल निवासमा भेटघाट भएको छ । प्रधानमन्त्री ओली नियमित छलफल र भेटघाटका लागि शीतल निवास पुगेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले बताए ।
उनका अनुसार राष्ट्रपतिसँग प्रधानमन्त्रीको नियमित भेटघाट भएको हो । सरकारले गरेको कामकाजबारे राष्ट्रपतिलाई जानकारी गराउनु तथा समसामयिक विषयमा परामर्श गर्नु प्रधानमन्त्रीको कर्तव्य भित्र पर्छ ।
पछिल्लो समय नेपालको राजनीति पेचिलो बन्दै गएका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग परामर्श गर्नु, भेटघाट गर्नु सामान्य कुरा भएको बालुवाटार स्रोतको भनाई छ । राष्ट्रपति भण्डारी भेट्न प्रधानमन्त्री ओलीबीच हिजो अपरान्ह साढे सात बजे शीतलनिवासमा पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ जेठ २०७८, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ