चितवनमा असार ३ गतेसम्म लम्बियो निषेधाज्ञा ( के खुल्छ ,के खुल्दैन )

सफल खबर संवाददाता

बुधबार, २६ जेठ २०७८, १४ : २४
चितवनमा असार ३ गतेसम्म लम्बियो निषेधाज्ञा ( के खुल्छ ,के खुल्दैन )

चितवन । कोरोना भाइरसको संक्रमण तीव्र भएसँगै चितवनमा लागेको निषेधाज्ञा असार ३ गते सम्म लम्बिएको छ । बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको सूचना अनुसार निषेधाज्ञा असार ३ गते सम्म लम्बिएको हो ।

यो सातादेखि निषेधाज्ञामा केही खुकुलो बनाइएको छ । यसअघि खाद्य सामग्री पसल विहान ९ बजेसम्म खुलेकामा १० बजेसम्म पुर्‍याइएको छ ।पाठ्यपुस्तकका पसल र कृषि, मल बीऊसम्बन्धी पसल पनि विहान १० बजेसम्म खोल्न पाइने प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए । यस्तै यसअघि साताको तिनदिनमात्रै खुल्ने  बैंक तथा बित्तीय संस्था  भोलीदेखि नियमित रुपमा सञ्चालन हुन पाउने भएका छन् ।

यसअघि असार २७ गतेसम्मका लागि निषेधाज्ञा जारी भएको थियो । थपिएको निषेधाज्ञामा अत्ति आवाश्यक काम वाहेक घर बाहिर निस्कन नपाईने , विवाह, व्रतबन्ध जस्ता कार्यमा  १५ जनासम्म सहभागी हुन पाईने ,मृत्यु संस्कारमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने बताईएको छ  । यस्तै लामो तथा छोटो दूरीका गाडीहरु र निजी गाडी चलाउन रोक लगाइएको छ ।

 

 


 

प्रतिक्रिया दिनुहोस