समाजसेवी प्रेमकुमार श्रेष्ठद्वारा सडकमा आश्रितलाई खाद्यान्न सहयोग

सफल खबर संवाददाता

सोमबार, २४ जेठ २०७८, १६ : १८
समाजसेवी प्रेमकुमार श्रेष्ठद्वारा सडकमा आश्रितलाई खाद्यान्न सहयोग

चितवन । विश्वहिन्दु महासंघ चितवनको पहल र समाजसेवी प्रेमकुमार श्रेष्ठको सहयोगमा खाद्यान्न सहयोग गरिएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ९ मा रहेको केन्द्रीय बस ट्रमिनलमा सञ्चालन भैरहेको निशुल्क खाना खुवाउने अभियानमा खाद्यान्न सहयोग गरिएको  विश्वहिन्दु महासंघका केन्द्रीय सदस्य टंक पौडेलले जानकारी दिए ।

आँफुले दाजु प्रेमकुमार श्रेष्ठलाई आग्रह गरेर उनले १२० केजी चामल , दाल तेल र नुन लगाएतको खाद्यान्न सहयोग गर्नु भएको पौडेलले बताए ।   

निःशुल्क खाना खुवाउने अभियानले अहिले कोरोना सङ्क्रमणका कारण रोजिरोटी गुमाएकाहरुलाई खाना खुवाउँदै आएको छ । निषेधाज्ञाका कारण समस्यामा परेकाहरुलाई खाना खुवाउन थालिएको एक महिना भन्दा वढि भइसकेको र खाद्यान्न समस्या नपरोस भनेर खाद्यसामाग्री हस्तान्तरण गरिएको विश्वहिन्दु महासंघका केन्द्रीय सदस्य टंक पौडेलले बताए ।

कार्यक्रममा विश्वहिन्दु महासंघ चितवनका  जिल्ला अध्यक्ष प्रेम गैह्रे र विश्वहिन्दु युवासंघ चितवनका अध्यक्ष घनश्याम पौडेल “श्याम” लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस