काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका माधव नेपाल पक्षले पार्टी एकताको लागि ६ बुँदे बटमलाइन अघि सारेको छ । नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले निकालेका ६ बँदे बटमलाइनलाई स्थायी कमिटीको छलफलपछि आजै अन्तिम रुप दिन माधव नेपाल पक्ष लागिरहेका छन् ।
माधव नेपाल पक्षको स्थायी कमिटीले छलफलमार्फत ६ बुँदे बटमलाइनलाई सार्वजनिक गर्नेछ । यतिबेला माधव नेपाल पक्षको बैठक चलिरहेको छ ।
ओलीसँग संघर्ष चलिरहेको र त्यसले एकतामा बदलेमा र केपी ओली रुपान्तरण हुन चाहेमा एकता हुने नत्र निषेधको नीति लिएर विद्रोह गर्नुपर्ने नेपाल पक्षले निष्कर्ष लिएको छ ।
माधव नेपाल पक्षको यी ६ बुँदे बटमलाइन हुन्–
१) माधव नेपाल र झलनाथ खनालसहितको ११ जना नेताको निष्कासनको कारबाही फिर्ता गर्नुपर्ने ।
२) पार्टीका सबै संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने ।
३) जेठ २ अघिको स्थायी कमिटी बैठक बस्नुपर्ने ।
४) तल्ला कमिटीहरुको समायोजनका लागि कार्यदल बनाउने ।
५) ओलीले नवौं महाधिवेशनको निर्णय र नीति मान्ने र सामुहिक निर्णयका आधारमा चल्ने प्रतिबद्धता जनाउनुपर्ने ।
६) प्रतिनिसभा विघटन गलत कदम भनेर स्वीकार गर्नुपर्ने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ जेठ २०७८, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
जिल्ला अध्यक्षसँग एमाले महासचिव पोखरेलले गरे भर्चुअल बैठक
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु