काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका माधव नेपाल पक्षले पार्टी एकताको लागि ६ बुँदे बटमलाइन अघि सारेको छ । नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले निकालेका ६ बँदे बटमलाइनलाई स्थायी कमिटीको छलफलपछि आजै अन्तिम रुप दिन माधव नेपाल पक्ष लागिरहेका छन् ।
माधव नेपाल पक्षको स्थायी कमिटीले छलफलमार्फत ६ बुँदे बटमलाइनलाई सार्वजनिक गर्नेछ । यतिबेला माधव नेपाल पक्षको बैठक चलिरहेको छ ।
ओलीसँग संघर्ष चलिरहेको र त्यसले एकतामा बदलेमा र केपी ओली रुपान्तरण हुन चाहेमा एकता हुने नत्र निषेधको नीति लिएर विद्रोह गर्नुपर्ने नेपाल पक्षले निष्कर्ष लिएको छ ।
माधव नेपाल पक्षको यी ६ बुँदे बटमलाइन हुन्–
१) माधव नेपाल र झलनाथ खनालसहितको ११ जना नेताको निष्कासनको कारबाही फिर्ता गर्नुपर्ने ।
२) पार्टीका सबै संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने ।
३) जेठ २ अघिको स्थायी कमिटी बैठक बस्नुपर्ने ।
४) तल्ला कमिटीहरुको समायोजनका लागि कार्यदल बनाउने ।
५) ओलीले नवौं महाधिवेशनको निर्णय र नीति मान्ने र सामुहिक निर्णयका आधारमा चल्ने प्रतिबद्धता जनाउनुपर्ने ।
६) प्रतिनिसभा विघटन गलत कदम भनेर स्वीकार गर्नुपर्ने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ जेठ २०७८, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति
एमाले प्रमुख सचेतकमा ऐन महर
आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
एमालेका घोषित आन्दोलन स्थगित
एमालेमा दुई उपाध्यक्षको ‘जुहारी’, बढ्यो तिक्तता