रामपुर कैलाश कपको सेमीफाइनलमा

शुक्रबार, २३ चैत्र २०७४, १९ : ३८
रामपुर कैलाश कपको सेमीफाइनलमा

फइल फोटो

  
कैलाश युथ क्लब भरतपुरमा जारी कैलाश कप जिल्ला स्तरिय नकआउट फुटबल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा युनिक क्लबलाई टाई ब्रेकरमा ३ का बिरुद्द ५ गोलले पाखा लगाउदै रामपुरले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारीत समयको खेलमा दुबै तर्फबाट १–१ गोल भए पछी खेलको निर्णय टाई ब्रेकरबाट लिईएको हो । युनिकका लागि हिम शिखर गुरुङ तथा रामपुरका लागि बिमल तामाङले १–१ गोल गरेका थिए । टाई ब्रेकरमा रामपुरले युनिकको चुनौती ५–३ ले पखा लगायो । टाई ब्रेकरमा नायक बनेको रामपुरका गोल रक्षक खेलको म्यान अफ दि म्याच घोषित भए ।

रामपुरले अब फाइनल प्रवेशका लागि गते हुने बिचको बिजेताको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत भोली सेमीफाइनलका खेलहरु हुनेछन । फाइनल प्रवेशका लागि भोली  हुने पहिलो खेलमा यात्रा ग्रुप र भरतपुर फुटबल क्लब आमुनेसामुने हुनेछन । यात्रा ग्रुप जुनियर प्रहरी अधिक्रितलाई पाखा लगाउदै सेमिफाइनल प्रवेश गरेको हो भने बिएफसीले शक्तिखोरको चौनौती पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।  यस्तै भोली नै हुने दोस्रो खेलमा रामपुर फुटबल क्लब बिरुद्द आयोजक कैलाश युथ क्लब मैदान उत्रनेछन । रामपुर युनिक तथा कैलाश गुरुङ आमा समुहलाई पराजित गदै सेमिफाइनल प्रवेश गरेका हुन । फाइनल खेल २६ गते हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस