काठामाडौं । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका ७ का हरिकृष्ण कोजु र सर्लाहीको हरिवन घर भइ भक्तपुर सल्लाघारी बस्ने चुलाई मुखिया रहेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार कोजुले जेठ १६ गते दिउँसो र मुखियाले गएको फागुन १ गते ती बालिकालाई यौन दुर्व्यवहार गरेको उजुरी परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ जेठ २०७८, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेल यौन दुर्व्यवहार कसुरमा दोषी ठहर
यौन दुर्व्यवहारमा परेकी आनन्दी सदाय आफ्नै घरमा मृत भेटिइन्
बालिका यौन दुर्व्यवहारको आरोपमा मदन राई दोषी ठहर