नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसको दोस्रो लहरले त्राहित्राहि मच्चाइरहेको बेलामा तेस्रो लहरको खतरा पनि छ ।
तेस्रो लहरलाई खोपमार्फत रोक्न सकिने वैज्ञानिकहरू बताउँछन् । तर देशमा खोपको कमी छ । कमी हटाउनका लागि भारत सरकारले नयाँ बन्दै गरेको खोपको ३० करोड डोज बूक गरेको छ ।
भारतको फर्मा कम्पनी बायोलोजिकल ईले कोर्बेभ्याक्स नामक खोप बनाइरहेको छ । त्यसको ३० करोड डोज बूक गर्नका लागि १५ सय करोड भारु छुट्ट्याइएको छ । नियामक संस्थाको स्वीकृति नपाइकनै भारतका तर्फबाट डोज बूकिङ गराइएको कोर्बेभ्याक्स पहिलो खोप हो ।
दुईवटा डोज लिनुपर्ने कोर्बेभ्याक्स भारतमा उपलब्ध सबभन्दा सस्तो कोरोना खोपमध्ये एक हुनेछ । यसको उत्पादन पनि सहज हुने बताइएको छ ।
यस खोपले पुनः संयोजक प्रोटीन प्ल्याटफर्म उपयोग गर्नेछ र त्यसको उपयोग भारतमा भएका अन्य खोपले गरेका छैनन् ।
पुनः संयोजक प्रोटीन खोपबाट सार्स–कोभ–२ को विशिष्ट भागलाई तारो बनाउने लक्ष्य छ । यसले शरीरमा प्रतिरक्षा प्रतिक्रिया गराउन सहायता गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २१ जेठ २०७८, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा