काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ जातीय भेदभाव तथा छुवाछुतको सामाजिक अपराधलाई निर्मूल गर्न सकिने बताउनुभएको छ ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सामन्ती राज्य व्यवस्था विरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी गुम्दै जाने खतरा पैदा भएकोले अग्रगामी शक्तिहरुका बीच एकतावद्ध पहलकदमीको आवश्यकता रहेको बताएका छन्।
उनले जातीय छुवाछुत, विभेद र हिंसा सम्बन्धी संविधान र कानूनमा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न राज्य संयन्त्रलाई निर्देशित गर्ने र जातीय हिंसा र छुवाछुत विरुद्ध जनचेतना लगायतका जागरणमूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने बताएका छन्।
स्थानीय तहसम्म निगरानी संयन्त्र बनाई जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्ने कार्यमा जुट्न उनले अपील गरेका छन्। मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको विषय रहेको बताउँदै प्रचण्डले आजको विकसित दुनियाँमा पनि जातीय भेदभाव र दलित समुदायमाथिका विभिन्न प्रकारबाट हिंसा भइरहेको बताएका छन् ।
उनले संविधान र कानूनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सके पनि यसप्रकारका हिंसा न्यूनीकरण हुने र उत्पीडित समुदायहरुले न्यायको अनुभूति गर्न सक्ने औंल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ जेठ २०७८, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो: प्रचण्ड
निर्वाचनमा कुनै दलसँग गठबन्धन हुँदैन: प्रचण्ड
‘प्रचण्ड’ स्वदेश फिर्ता
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?
प्रचण्ड आज दिल्ली जादै, भोलि नै फर्किने
‘देश निर्वाचनमा केन्द्रित भयो’: ‘प्रचण्ड’