सेती प्रादेशिक अस्पतालमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, १६ : २४
सेती प्रादेशिक अस्पतालमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली । कैलालीको सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा गरिएको पिसिआर परीक्षणबाट थप  ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
पछिल्लो २४ घण्टामा ४ सय ६७ नमुनाको परीक्षण गर्दा  ५६ जना कोरोना संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले  जानकारी दिए । 

हालसम्म सो अस्पतालमा दोस्रो लहरको कोरोना संक्रमणबाट निको बिरामी संख्या ९ सय १६ छन् भने उपचाररत बिरामी ५२ रहेको उनले बताए । यसैगरी पछिल्लो २४ घण्टामा नयाँ बिरामी भर्ना १०  जना रहेको अस्पतालले जनाएको छ ।  

यस्तै हालसम्म अस्पतालमा  १ सय ६९ जनाको मृत्यु ​ भएको छ ।  

अस्पतालका अनुसार हाल सम्म १ लाख १ हजार ९ सय ५५  जनामा पिसिआर परिक्षण गर्दा १८ हजार १५ जनामा कोरोना पाजेटिभ पुष्टि भएको छ भने ८३ हजार ९ सय ४० जना नेगेटिभ छ ।

प्रतिक्रिया दिनुहोस