कपिलवस्तु । जनता समाजवादी पार्टीका नेता रामप्रकाश चौधरीको मृत्यु भएको छ ।
विजयनगर गाउँपालिका–७, निवासी ४५ वर्षे चौधरीको गए राति भारतको लखनउस्थित सहारा अस्पतालमा उपचारका क्रममा उपचारकै क्रममा मृत्यु भएको पार्टीका केन्द्रीय सदस्य रविदत्त मिश्राले बताए । उनी तत्कालीन राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य थिए ।
एक महिनाअघि कोरोना संक्रमित भई कपिलवस्तु जिल्ला अस्पतालमा उनको उपचार भइरहेको थियो । पीसीआर रिपोर्ट नेगेटिभ आए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन् । थप उपचारका लागि परिवारले भारतको लखउन लगेको थियो । त्यहाँ अस्पतालमा कोरोना परीक्षण गर्दा पुनः पोजिटिभ देखिएको थियो । उनका दुई छोरा, एक छोरी र श्रीमती छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० जेठ २०७८, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार्य छैन: जसपा नेपाल
जनमतसहितका विभिन्न पार्टीका नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश
जसपा बैठकमा बिषयगत छलफल
लोसपा नेपालका उपाध्यक्ष झा जसपामा प्रवेश
जसपा नेपालका पाँच वटा केन्द्रीय विभागले पाए पूर्णता
जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै