यूएईबाट १५० वटा भेन्टिलेटर सहयोग

सफल खबर संवाददाता

बुधबार, १९ जेठ २०७८, १७ : ५१
यूएईबाट १५० वटा भेन्टिलेटर सहयोग

काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएई सरकारले कोरोना संक्रमितको उपचारमा सहयोग पुर्‍याउन १५० वटा भेन्टिलेटरसहितको १२ हजार ४ सय ५० केजीको स्वास्थ्य सामग्री बुधबार नेपाल पठाएको छ । 

आबुधाबीस्थित नेपाली दूतावासको पहलमा यूएई सरकारले भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री पठाएको हो । यूएईको बजारमा एउटा भेन्टिलेटरको मूल्य झन्डै २५ लाख रुपैयाँ पर्न आउँछ ।

यूएईको विशेष विमानले स्वास्थ्य सामग्री बोकेर बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको थियो । खाडी क्षेत्रमा सरकारी तवरबाट सहयोग पठाउने यूएई पहिलो देश हो ।

‘यूएईले हाम्रो अनुरोधमा आवश्यक स्वास्थ्य सामग्री पठाएको छ । भूकम्पपछि पनि यूएईबाट सहयोग भइरहेको छ’, यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले भने,‘यूएई सरकारप्रति हार्दिकतापूर्वक कृतज्ञता व्यक्त गर्दछौं ।’


 

प्रतिक्रिया दिनुहोस