कुवेतमा अबैध मदिरासहित तीन जना नेपाली पक्राउ

एजेन्सी

बुधबार, १९ जेठ २०७८, ११ : ५५
कुवेतमा अबैध मदिरासहित तीन जना नेपाली पक्राउ

दोहा । कुवेतमा अबैध घरेलु मदिरा उत्पादन गरेर बेच्ने तीन जना नेपाली पक्राउ परेका छन् ।

कुवेतको जहारा गभरनेट भित्र पर्ने ताईमा सुरक्षा क्षेत्रका कमांडर-कर्नल मतार साबिल, तथा गस्ती विभाग प्रमुख मुबारक अल-हाज्राफसहितको टोलिले एउटा अपार्टमेन्टमा छापा मार्दा ठूलो मात्रामा घरेलु मदिरासहित उनीहरुलाई पक्राउ गरिएको हो ।

सो क्रममा ठूलो परिमाणमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका मदिराका बोतलहरु तथा मदिरा उत्पादन गर्ने उपकरण समेत बरामद गरिएको कुवेत प्रहरीलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

प्रहरीले बिशेष सुराकीको आधारमा अबैध तरिकाले घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण भैरहेको सूचना पाएपछि उक्त स्थानमा छापा मारेको थियो । जसमा दुई पुरुष र एक जना महिलासहित तीन नेपाली पक्राउ परेको जनाएको छ ।

पक्राउ गरिएका तीनै जनालाई थप अनुसाधानको लागि ड्रग्स तथा मदिरा नियन्त्रण कार्यलयको सम्बधित विभागमा पठाइएको जनाएको छ । यसअघि पनि विभिन्न समयमा घरेलु मदिरा कारोबार गर्ने ठूलो सङ्ख्या पक्राउ परिसकेका छन् ।

यस्तो क्रियाकलाप अधिकांश अबैधानिक तरिकाले बसेका नेपालीहरु बढी सग्लंग रहेको पाइछ । यसरी पक्राउ गरिएकाहरुलाई कुवेत सरकारले डिपोट गर्ने गरेको छ । कुवेतमा मदिरा बिक्री वितरण अबैधानिक मानिन्छ ।


 

प्रतिक्रिया दिनुहोस