थापाको निधनमा देउवा र प्रचण्डद्वारा दुःख व्यक्त

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, १९ : ५३
थापाको निधनमा देउवा र प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनप्रति नेपाली कांग्रेस दुःख व्यक्त गरेको छ ।  

एक उदयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल भएका स्वर्गीय थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको काँग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ ।

देउवाले थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस