महन्थ ठाकुरको काउण्टर : उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, १६ : २३
महन्थ ठाकुरको काउण्टर : उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

Yeti Diistillery Tansen Cement box

यादव पक्षबाट ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय केही घण्टा अगाडि गरेका थिए । लगत्तै, ठाकुर पक्षको बैठकबाट यादवलाई निष्कासन  गर्ने निर्णय भएको हो ।

दुवै पक्षले एकले अर्कोलाई पार्टी निर्णय विपरीत लागेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस