यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, १२ : ००
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर नेपाली ११५ रुपैयाँ ८८ पैसा रहेको छ भने विक्रीदर ११६ रुपैयाँ ४८ पैसा कायम भएको छ । 
त्यस्तै, यूरो एकको खरिददर १४१ रुपैयाँ २२ पैसा रहेको छ भने विक्रीदर १४१ रुपैयाँ ९५ पैसा रहेको छ । 

पाउण्डस्ट्रलिङ एकको खरिददर १६४ रुपैयाँ २७ पैसा र विक्रीदर १६५ रुपैयाँ १२ पैसा रहेको छ ।  त्यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ७३ पैसा र विक्रीदर १२९ रुपैयाँ ३९ पैसा रहेको छ । 

यता मंगलबार जापानी यन १० को खरिददर १० रुपैयाँ ५६ पैसा रहेको छ भने विक्रीदर १० रुपैयाँ ६२ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ १९ पैसा रहेको छ भने विक्रीदर १८ रुपैयाँ २८ पैसा रहेको छ । 

साउदी अरविया रियाल आज एकको खरिददर ३० रुपैयाँ ९० पैसा र विक्रीदर ३१ रुपैयाँ ०६ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र विक्रीदर ३१ रुपैयाँ ९९ पैसा रहेको छ । 


प्रतिक्रिया दिनुहोस