प्रतिनिधिसभा विघटन मुद्दाको पेशी जेठ १८ मा तोकियो

सफल खबर संवाददाता

आइतबार, १६ जेठ २०७८, १९ : ५१
प्रतिनिधिसभा विघटन मुद्दाको पेशी जेठ १८ मा तोकियो

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटको सुनुवाई आगामी मंगलबार हुने भएको छ । आइतबार न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई बेन्चमा राख्न नहुने भन्दै कानुन व्यवसायीले दबाव दिएका थिए । 

संवैधानिक इजलास गठनका सम्बन्धमा उठेको विवादबारे भने इजलासले फैसला गर्न बाँकी नै रहेको छ । संवैधानिक इजलासमा गत शुक्रबारदेखि प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामा सुनुवाई सुरु भएको हो ।

जेठ १८ मा सुनुवाई हुनेगरी मुद्दा ‘हेर्दाहेर्दै’मा रखिएको सर्वोच्च अदालतले जनाएको  छ ।

प्रतिक्रिया दिनुहोस