जेष्ठ नागरिकको भत्ता ४ हजार

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १६ : ४७
जेष्ठ नागरिकको भत्ता ४ हजार

काठमाडौँ । सरकारले जेष्ठ नागरिकको भत्ता बढाएर मासिक ४ हजार बनाएको छ । 

ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको हो । आर्थिक वर्ष २०७८ र ७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता परिमार्जन गरिएको जानकारी दिए । यसका लागि १ खर्ब छुट्याएको उनले जानकारी दिए ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको तथ्यांक अनुसार मुलुकभर ३२ लाख ५८ हजार १ सय २९ जनाले सामाजिक सुरक्षा भत्ता खाइपाइ आएका छन् । जसमध्ये १७ लाख ३९ हजार ३५९ जनाले बृद्धभत्ता बुझ्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस