वार्षिक बजेट बराबर पुग्यो सरकारी ऋण

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १२ : ४८
वार्षिक बजेट बराबर पुग्यो सरकारी ऋण

काठमाडौं । सरकारी ऋण बढ्दै गएको तथ्यांकले देखाएको छ । हाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण चालु आर्थिक वर्ष २०७७–७८ को फागुनसम्म १५ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

कुल गार्हस्थ उत्पादनमा तिर्न बाँकी ऋणको हिस्सा ३७.३ प्रतिशत पुग्ने सर्वेक्षणमा भनिएको छ । आर्थिक वर्ष २०७६–७७ मा १४ खर्ब १९ अर्ब रुपैयाँ पुगेकोमा चालु आर्थिक वर्षमा १५ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ ।

यस आधारमा एक नेपालीको थाप्लोमा करिब साढे ५२ हजार रुपैयाँ ऋणभार रहेको छ । सार्वजनिक ऋणमा बाह्य ऋण ५४.९ प्रतिशत र आन्तरिक ऋण ४५.१ प्रतिशत रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस