जनकपुरधामको ऐतिहासिक शिव मन्दिर कुपेश्वरनाथमा चोरी

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १० : ५९
जनकपुरधामको ऐतिहासिक शिव मन्दिर कुपेश्वरनाथमा चोरी

जनकपुरधाम । जनकपुरधाममा ऐतिहासिक शिव मन्दिरमा गए राति चोरी भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ स्थित रहेको कुपेश्वरनाथ महादेव मन्दिरबाट शिवलिंगमा रहेको चाँदीको नाग र दान पेटिकामा रहेको पैसा चोरी भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नयाव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

राति पानी परिरहेको समय कुपेश्वरनाथ महादेव मन्दिरको द्वारको ताल्चा तोडेर चोरी भएको हो । प्रहरीका अनुसार मन्दिरमा रहेको भगवान शिवको मूर्तिमा लागेको चाँदीको नाग चोरी भएको छ । यसका साथै दानपेटिकामा रहेको लगभग ४० हजार रुपैयाँ समेत चोरी भएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

मन्दिरका महन्थले केही दिन पहिला मात्र गुठी संस्थानलाई पत्र लेख्दै मन्दिरको जग्गा खाली गराउन उजुरी दिएका थिए । उजुरी पश्चात गुठी संस्थानले मन्दिरको जग्गामा रहेको घर तथा टहराहरु खाली गर्न लगाएको थियो । त्यसको केही दिन नबित्दै मन्दिरमा चोरी भएको हो ।

प्रतिक्रिया दिनुहोस