काठमाडौं । कोरोनाको हटस्पट बनेको भारतमा कोरोना संक्रमण पछिल्ला केही दिन यता ओरालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टामा १ लाख ७९ हजार ७७० जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिन यो सख्या २ लाख ११ हजारभन्दा बढी थियो ।
भारतमा कोरोना संक्रमितको संख्या २ करोड ७५ लाख नाघेको छ । नयाँ संक्रमितको संख्या केही घटे पनि दैनिक मृतकको संख्या भने घट्न सकेको छैन। भारतमा पछिल्लो २४ घण्टामा ३५ सय ५८ को मृत्यु भएको छ ।
यो योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख १८ हजार नाघेको छ। संक्रमितमध्ये २ करोड ४८ लाखभन्दा बढी निको भइसकेका छन् भने २३ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १४ जेठ २०७८, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा