नेपालगन्ज । कोरोना संक्रमितको मृत्यु भएपछि उपचारमा लापरबाही गरेको भन्दै नेपालगन्जस्थित भेरी अस्पतालमा आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन् ।
जेठ ४ देखि उपचाररत दाङका ५३ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा बिहीबार राति ८ बजेतिर मृत्यु भएको थियो । उनको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
घटनामा चार नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएका छन् । ड्युटीमा खटिएका बेला आफूमाथि हातपात सुरु भएपछि अस्पतालभित्र स्वास्थ्यकर्मीको भागाभाग भएको नर्सिङ अधिकृत शिला शर्माले बताइन् । ‘बिरामीलाई बचाउन हरसम्भव प्रयास गरेका हौं । आफ्नै ज्यान बचाउन शौचालयमा लुकेर बस्नुपर्ने घटना भयो,’ उनले भनिन् ।
परिवारलाई जानकारीबिना भेन्टिलेटरमा राखेर उपचार गराउँदा मृत्यु भएको भन्दै रावतका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । स्वास्थ्यकर्मीहरूलाई लखेट्दै हातपात गर्न थालेपछि अस्पतालमा हल्लीखल्ली भएको थियो । आईसीयूमै छिरेर जाइलागेपछि चिकित्सकहरूले केहीबेर काम बन्द गरेका थिए । स्थिति तनावपूर्ण भएपछि अस्पतालमा प्रहरीले सुरक्षा दिएको थियो ।
घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको बाँकेका एसपी ओमबहादुर रानाले बताए । घटनालगत्तै अस्पताल पुगेका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अस्पताल प्रशासन, अस्पताल विकास समिति प्रतिनिधिले छलफल गरेर दोषीलाई कारबाही गर्ने र अस्पतालमा भयरहित वातावरण बनाउने विषयमा परामर्श गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १४ जेठ २०७८, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेनी अस्पतालमा ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार
हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै
भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेर पाँच वर्षीया बालिकाको मृत्यु
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिला बढी
देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण