जनताको अधिकारका लागि असाधारण कदम चाल्न पनि तयार छु : सभामुख सापकोटा

सफल खबर संवाददाता

विहीबार, १३ जेठ २०७८, १६ : ०१
जनताको अधिकारका लागि असाधारण कदम चाल्न पनि तयार छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले जनताको हितका लागि असाधारण कदम चाल्न पनि आफू तयार रहेको बताएका  छन् । संसद विघटनबारे कानुनविद्सँगको छलफलमा सभामुख सापकोटाले संविधान, लोकतन्त्र र जनताको हितका लागि असाधारण कदम चाल्न पनि आफू तयार रहेको बताएका हुन्।

दोस्रोपटक गरिएको संसद विघटनबारे विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गर्ने क्रममा सभामुख सापकोटाले बिहीबार संविधान र कानुनका जानकारहरुसँग परामर्श गरेका छन्।

उनीहरुले सभामुखलाई संसदको गरिमा, संविधानको रक्षा र लोकतन्त्रका लागि सक्रिय हुन सुझाव दिँएसँगै उनले पनि असाधारण कमदको चर्चा गरेका हुन्।

उनले भने, ‘संविधान, लोकतन्त्र, जनताको अधिकारका लागि असाधरण कदम चाल्न पनि तयार छु। घण्टा घण्टाका सबै परिस्थितिलाई मूल्यांकन गरेर अघि बढ्न सक्छु। केन्द्रमा देश र जनताको हित नै हुन्छ। संविधानको मर्म र भावना अनुसार काम गर्न तयार छु।’

प्रतिक्रिया दिनुहोस