ल्वाङ–कपुरले अक्सिजन बढ्दैन

पत्रपत्रिकाबाट

बुधबार, १२ जेठ २०७८, ०८ : ०५
ल्वाङ–कपुरले अक्सिजन बढ्दैन

काठमाडौं ।  सामाजिक सञ्जालमा अक्सिजन बढाउने भ्रमात्मक विधिका बारेमा सचेत रहनुहोला । फेसबुक, ट्विटर, भाइबर, ह्वाट्सएप, टिकटकजस्ता सामाजिक सञ्जालमा अक्सिजन बढाउने विधिका बारेमा वैज्ञानिक प्रमाणबेगरका अनगन्ती पोस्ट भेटिने गरेका छन् । यस्ता विधि प्रयोग नगर्न विज्ञहरूले सचेत गराउनुभएको छ । 

शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले उपचारको आवश्यकता परेकाहरू हताश मनस्थितिमा औषधि वा उपचारका विभिन्न उपाय अपनाउँदै आएको बताउनुभयो । उहाँले कतिपय अनलाइन, इन्टरनेटमा भएका गलत र भ्रामक सूचनामा भर परेर अक्सिजन बढाउने भ्रामक विधि अपनाइरहेको बताउनुभयो ।

गलत प्रयोग
आफूलाई चिकित्सक बताउने एक व्यक्तिले अक्सिजन सिलिन्डरको साटो औषधिलाई मसिनो गरी छर्कन मिल्ने एक उपकरण नेबुलाइजरबाट अक्सिजन लिन सकिने भनेर गरेको दाबी सामाजिक सञ्जालमा फैलिएको छ ।

फेसबुक, ट्विटर र ह्वाट्सएपमा फैलिएको सो पोस्टमा एक व्यक्तिले हिन्दीमा ‘हाम्रो वातावरणमा प्रशस्त अक्सिजन रहेको र त्यसलाई नेबुलाइजरले दिन सक्ने’ भनेका छन् । 

श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डेले नेबुलाइजरको कुरामा कुनै पनि सत्यता नभएको दाबी गर्नुभयो । गोरखापत्र दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस