काठमाडौं । बाँकेका अस्पतालमा भर्ना भएका १० सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र कोहलपुरस्थित शिक्षण अस्पतालमा तीनजनाको मृत्यु भएको हो । मृतकमा बाँकेका पाँच, दाङका तीन र बर्दियाका दुई जना रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
योसँगै बाँकेमा कोरोनाबाट अकालमै ज्यान गुमाउनेको सङ्ख्या २ सय ७९ पुगेको छ भने यहाँ उपचार गराउन आएका बाहिरी जिल्लाका २ सय ५१ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ११ जेठ २०७८, १९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु