काठमाडौँ । कोरोना संक्रमणबाट पूर्वमहालेखा परीक्षक खेमप्रसाद दाहालको निधन भएको छ । कटुञ्जे स्थायी ठेगाना भएका ६६ वर्षीय दाहालको आज साँझ राजधानीस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
दाहाललाई कोरोना संक्रमण भएपछि आठ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । उपचारमा संलग्न चिकित्सकका सल्लाहअनुसार भारतबाट खोपसहित औषधि ल्याइए पनि प्रयोग गर्न नपाउँदै दाहालको निधन भएको उहाँका भतिजा सुमनले बताउनुभयो ।
कोरोना संक्रमण हुनुअघि उहाँमा कुनै रोगको समस्या थिएन । दाहालका २ छोरा छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १० जेठ २०७८, २० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण