सङ्क्रमितका घरघरमै अक्सिजन सिलिण्डर

रासस

सोमबार, १० जेठ २०७८, १४ : १७
सङ्क्रमितका घरघरमै अक्सिजन सिलिण्डर

हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा मकवानपुर उद्योग वाणिज्य सङ्घमा सचिवालय स्थापना गरिएको कोभिड ‘हेल्प डेस्क’ले आवश्यकताअनुसार कोभिड– १९ सङ्क्रमितका घरघरमै अक्सिजन सिलिण्डर  पठाउन थालेको छ । 

अक्सिजन सिलिण्डर मनहरीका लागि तीन, बस्तीपुरमा एक, बकैयाका लागि पाँच, कर्राका एक र कान्तिराजपथका लागि एक थान कोभिड–१९ सङ्क्रमित बिरामीको घरघरका लागि पठाइएको सचिवालय संयोजक कृष्णकुमार गुप्ताले जानकारी दिए  ।

सङ्घको व्यवस्थापनमा स्थापना भएको कोभिड हेल्प डेस्कले जिल्लाका विभिन्न स्थानका कोभिड–१९ सङ्क्रमितलाई उपचारमा सहजीकरण गर्दै आएको छ ।  कोभिड–१९ सङ्क्रमित भई घरमै हाल आईसोलेशनमा बसेका बिरामीलाई माग र आवश्यकताका आधारमा  घरघरमै अक्सिजन सिलिण्डर पठाउन थालिएको गुप्ताले जानकारी दिए  ।

कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले सङ्क्रमितको मनोबल बढाउने, आवश्यक्ता पर्दा फोन सम्पर्क गर्न आग्रह गर्दै र यथोथिच सहयोग गर्ने आश्वासनका लागि सङ्क्रमितको घरमै गई स्वास्थ्यबद्र्धक च्यावनप्रास तथा मेडिकल मास्क वितरण गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस