एजेन्सी । चीनमा उच्च पहाडी क्षेत्रमा लामो दूरीको दौड प्रतियोगितामा रहेका २१ जना धावकको खराब मौसमका कारण निधन भएको छ । चीनको उत्तर–पश्चिमी क्षेत्रको गान्स प्रान्तमा तीव्र गतिको हावा तथा अत्याधिक चिसो वर्षाका कारण धावकहरु समस्यामा आएका हुन् ।
१०० किलो मिटरको अल्ट्राम्याराथनको क्रममा एल्लो रिभर स्टोन फरेस्टमा खराब मौसमका कारण फसेका २१ धावकको निधन भएको हो। १७२ धावक सम्पर्क भन्दा बाहिर गएपछि दौड स्थगित गरिएको थियो। त्यसपछि खोजी तथा उद्धारको काम थालिएको थियो ।
अधिकांश धावक हाइपोथर्मियाबाट ग्रस्त भएका थिए । १५१ धावक सुरक्षित रहेको र त्यसमध्ये ८ जना चोटग्रस्त रहेको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ। निधन हुनेमा अल्ट्राम्याराथन च्याम्पियन लिएङ्ग जिङ्ग, हुएङ्ग गुएन्जुङ्गसहित रहेका छन्।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १० जेठ २०७८, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु