एजेन्सी । चीनमा उच्च पहाडी क्षेत्रमा लामो दूरीको दौड प्रतियोगितामा रहेका २१ जना धावकको खराब मौसमका कारण निधन भएको छ । चीनको उत्तर–पश्चिमी क्षेत्रको गान्स प्रान्तमा तीव्र गतिको हावा तथा अत्याधिक चिसो वर्षाका कारण धावकहरु समस्यामा आएका हुन् ।
१०० किलो मिटरको अल्ट्राम्याराथनको क्रममा एल्लो रिभर स्टोन फरेस्टमा खराब मौसमका कारण फसेका २१ धावकको निधन भएको हो। १७२ धावक सम्पर्क भन्दा बाहिर गएपछि दौड स्थगित गरिएको थियो। त्यसपछि खोजी तथा उद्धारको काम थालिएको थियो ।
अधिकांश धावक हाइपोथर्मियाबाट ग्रस्त भएका थिए । १५१ धावक सुरक्षित रहेको र त्यसमध्ये ८ जना चोटग्रस्त रहेको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ। निधन हुनेमा अल्ट्राम्याराथन च्याम्पियन लिएङ्ग जिङ्ग, हुएङ्ग गुएन्जुङ्गसहित रहेका छन्।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १० जेठ २०७८, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट