माधव नेपाल पक्षका नेता जीवन राईले दर्ता गरे नेकपा एकीकृत पार्टी

सफल खबर संवाददाता

आइतबार, ०९ जेठ २०७८, १० : २२
माधव नेपाल पक्षका नेता जीवन राईले दर्ता गरे नेकपा एकीकृत पार्टी

काठमाडौं । नेकपा एमालेका माधव नेपालनिकटका युवा नेता जीवन राईले नेकपा एकीकृत पार्टी दर्ता गरेका छन् । वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी छ । 

पार्टीको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुला, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको छन् । 
माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बेला राईले पार्टी दर्ता गरेका हुन् । राईले आफूले नेताहरुसँग सल्लाह नगरी पार्टी दर्ता गरेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस