चितवन प्रहरी कार्यालयभित्रै बन्ने भयो ट्राफिक भवन

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, १७ : ३३
चितवन प्रहरी कार्यालयभित्रै बन्ने भयो ट्राफिक भवन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनको परिसरभित्रै ट्राफिक प्रहरीको भवन बन्ने भएको छ । चितवनका प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले आज ६ कोठाको ट्राफिक प्रहरी कार्यालय भवनको शिलान्यास गरेका छन् ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयको पछाडिको भागमा ६ कोठा ट्राफिक प्रहरी कार्यालयको शिलान्यास भएको हो । चितवनमा २२ वर्षदेखि जिल्ला ट्राफिक कार्यालय भाडाको घरमा बस्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस