काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले प्रदेश सरकारबाट फिर्ता नहुने आफ्ना मन्त्रीलाई पार्टीले कारबाही गर्ने बताएका छन् ।
पार्टीले सरकारबाट निक्लने एक महिनाअगाडि गरेको निर्णय नमान्ने मन्त्रीलाई कारबाही गरिने उनले बताएका हुन् । एमालेको प्रदेश कमिटी बैठकले गत चैत १५ गते सरकारबाट बाहिरिने निर्णय गरेको दुई महिनासम्म पनि सरकारबाट नबाहिरिएकालाई पार्टीले कारबाही गर्ने थापाले बताए ।
“हाम्रो पार्टीको प्रदेश कमिटीको बैठकले सरकारबाट बाहिर आउने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ”, थापाले भने, “माओवादीको सरकारबाट बाहिर नआउने मन्त्रीलाई पार्टीले कारबाही गर्छ ।”
माओवादी केन्द्रले नेतृत्व गरेको एमाले र नेकपा (माओवादी केन्द्र) को संयुक्त सरकारमा अहिले एमालेका तीन मन्त्री रहेका छन् । एमालेका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्ण सुवेदी र उद्योग, वन तथा वातावरणमन्त्रीमा माया भट्ट छन् ।
मुख्यमन्त्री त्रिलोचन भट्टले आन्तरिक मामिला तथा कानूनमन्त्री शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०८ जेठ २०७८, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित
लुम्बिनीका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुखबीच शिष्टाचार भेट
सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई आह्वान
सुदूरपश्चिम प्रदेश सरकारको एक बर्से महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह