संसद विघटन पछि सभामुख सापकोटा शिर्ष नेतासंगै संविधानविदसंग परामर्शमा

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, ११ : ४५
संसद विघटन पछि सभामुख सापकोटा शिर्ष नेतासंगै संविधानविदसंग परामर्शमा

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरात प्रतिनिधीसभा विघटन गरेपछि विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा संसद विघटनपछिको अवस्थाबारे शीर्ष नेता तथा संविधानविदसँग परामर्श थालेका छन्।

सभामुख सापकोटाले संसद विघटनपछिको अवस्था तथा प्रतिक्रियाबारे प्रमुख दलका नेताहरुसँग शनिबार बिहान छलफल गरेका हुन्। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालसहितसँग परामर्श गरेका हुन्।

उनी त्यसपछि संविधानविदसँगको छलफलमा जुटेका छन्। छलफलपछि सभामुख सापकोटाले संसद विघटनका सम्बन्धमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने छन् । यसअघि गएको पुस ५ गते भएको संसद विघटनको पनि सभामुखले विरोध गरेका थिए। 

प्रतिक्रिया दिनुहोस