संविधानको आज चीरहरण भएको छ, यसको हामी घोर निन्दा गर्छौं : दुर्गा पौडेल

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, ११ : १४
संविधानको आज चीरहरण भएको छ, यसको हामी घोर निन्दा गर्छौं : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रतिनिधि सभा विघटन र निर्वाचनको घोषणा प्रतिगमन अझै खतरनाक ढंगले अघि बढेको संकेत भएको बताएकी छिन् ।

पत्रकारसंग कुरा गर्दै सांसद पौडेलले प्रजातान्त्रिक प्रणाली, संविधान, जनताले दिएको अभिमत सबैलाई कुल्चिएर देशलाई पछाडी धकेल्ने काम भएको उल्लेख गरिन् । 
प्रधानमन्त्री र राष्ट्रपतिले चालेको कदमको राष्ट्रिय जनमोर्चाले घोर बिरोध गरेको पौडेलले बताइन् । 

उनले भनिन्–‘अहिले जसरी कदम चाल्दै गएका छन्, यसले  भोली यो संविधान पनि रहन्छ वा रहँदैन भन्ने चिन्ता बढाएको छ । नेपाली जनताले त्यति ठूलो लडाँई लडेर ल्याएको संविधानको आज चीरहरण भएको छ र यसलाई सिध्याउने स्थिति देखिएको छ ।  यो खतरनाक र दुःखदायी कुरा हो । यसको हामी घोर निन्दा गर्छौं ।’

उनले प्रतिगमन बिरुद्ध यस्तो अवस्थामा संविधान जोगाउनका लागि सबै राजनीतिक दलहरु, सचेत जनताहरु एकजुट हुनुपर्नेमा जोड दिएकी छिन् ।
 

प्रतिक्रिया दिनुहोस