काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा हालेको बताएका छन् । उनले यस्तो महामारीमा यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिँ र यत्तिमै रोकिने वाला नभएको नेताहरुलाई अलमलिन अपिल समेत गरेका छन् ।
सामाजिक संजालमा ट्वीट गर्दै नेता थापाले देशभक्त सबै नेताहरुलाई सचेत नागरिकको साथ लिएर राष्ट्रपति तथा प्रधानमन्त्री विरुद्ध सम्पुर्ण शक्तिका साथ प्रतिरोध गर्नुपर्ने उल्लेख गरेका छन् । नेता थापाले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीप्रति ईगिंत गर्दै ‘न संविधान मन परेको थियो, न संसद, विघटन, विश्वासको मतको नाटक ७६ (३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६(५)को सरकार गठन, आव्हान अनुकुल नभएपछि फेरी विघटन, कस्तो सेटिंग प्रक्रिया त देखाउन मात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो, लिए भन्दै कडा आपत्ती जनाएका छन् ।
उनले ट्वीटमा भनेका छन् : खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद१विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६९३०को सरकार गठन,विश्वास लिनुको सट्टा ७६ (५) को आव्हान,अनुकुल नभएपछि फेरी विघटन ! कस्तो सेटिङ, प्रकृया त देखाउन मात्र थियो, यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो । लिए !
सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन् । महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्
नेतागण ! नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ जेठ २०७८, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमरेशकुमारसँग साढे छ हजार मतले पछाडि गगन थापा
सर्लाही-४ : गगन थापा भन्दा अमरेश सिंह ३२ सयले अगाडि
कांग्रेस सभापति गगन थापाले गरे मतदान
मौन अवधिमा सामाजिक सञ्जालबाट फैलाइएका भ्रामक समाचारप्रति गगन थापाको आपत्ति
होलीको शुभकामना दिँदै निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन गगन थापाको अपिल
प्रधानमन्त्रीका उम्मेदवारबीच देश बनाउने योजनामा बहस हुन नसक्नू दुर्भाग्य : गगन थापा