माधव नेपाल पक्षका सांसदले भने–देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १६ : ३०
माधव नेपाल पक्षका सांसदले भने–देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन

काठमाडौं । नेकपा एमालेका माधव नेपाल पक्षका सांसद सुरेन्द्र पाण्डेले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताएका छन् । 

उनले देउवाबाट वैकल्पिक सरकार दावी गर्ने २७ जना एमाले सांसदको हस्ताक्षर दुरुपयोग भएको दावी गरे । नेता पाण्डेले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको र पुरानै दस्तखत प्रयोग गरिएको हुन सक्ने बताए ।

माधव पक्षका नेता योगेश भट्टराईले पनि देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर नगरेको उनी निकट स्रोतले जनाएको छ । 
यस्तै, सुनसरी क्षेत्र नम्बर १ का माधव नेपाल पक्षीय प्रतिनिधिसभा सदस्य जयकुमार राईले पनि आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस