काठमाडौं । एमालेका नेता माधवकुमार नेपाल प्रतिपक्ष दलहरुको बैठकमा सहभागी हुने बुढानिलकण्ठ स्थित काँग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।
देउवा निवासमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीले चालेको कदम विरुद्धको छलफलमा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वदलिय बैठक बोलाएपछि नेता नेपाल छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बूढानीलकण्ठ पुगिसकेका छन् ।
राष्ट्रपतिले नयाँ सरकार गठनका लागि गरेको आव्हानपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफलका लागि प्रचण्डसहित माधव नेपाल र उपेन्द्र यादव सहितका नेतालाई बोलाईएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड