कोरोना कहर : भन्सार एजेन्टको परीक्षा स्थगित

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १० : ४६
कोरोना कहर : भन्सार एजेन्टको परीक्षा स्थगित

काठमाडौं । भन्सार एजेन्टको परिक्षा स्थगित भएको छ । भन्सार विभागले एक सूचना जारी गर्दै भन्सार एजेन्ट छनौटको लिखित परिक्षा स्थगित भएको जनाएको छ । 

कोभिड १९ बाट सृजित असामान्य परिस्थीतीको कारण लिखित परिक्षा स्थगित गर्नु परेको विभागले भनेको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि लिखिग परिक्षा स्थगित गरिएको छ ।

भन्सार विभागले अर्को परिक्षा हुनु भन्दा कम्तीमा १५ दिन अगाडी सूचना गोरखापत्र दैनिक र विभागको वेबसाइटमा प्रकाशन गर्ने पनि जनाएको छ । ६ सय ६० जना भन्सार एजेन्टको लागि परीक्षा जेठ २२ गते तोकिएको थियो । भन्सार विभागले २० वर्षपछि नयाँ भन्सार एजेन्ट थप गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस