काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुरको समुह एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग सत्ता सहकार्य गर्ने भएका छन् । ठाकुर पक्षले २१ सांसद आफुहरुसंग रहेको भन्दै वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सत्तामा जाने लगभग सहमति भएको जसपाका एक सांसदले बताए ।
‘हिजो प्रधानमन्त्री निवास बालुवाटारमा जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग प्रधानमन्त्रीको कुरा हुँदा सत्ता सहकार्य गर्नका लागि सहमति भएको हो,’ ती सांसदको भनाईलाई आधार मान्ने हो भने, ‘जसपाले माग गरेका मुद्दाहरू प्रधानमन्त्री ओलीले पूरा गरेको तथा केही प्रक्रियामा समेत रहेकाले ओलीसँग सहकार्य गर्न लागिएको हो ।’
मधेश आन्दोलनमा लागेका मुद्दामध्ये धेरै फिर्ता, नागरिकतासम्बन्धी अध्यादेश, संविधान संशोधनका लागि विज्ञसहितको कार्यदल गठन गर्ने लगायतका मागहरु हिजो बसेको मन्त्रीपरिषद्को बैठकबाट गरिएको हुनाले ओली सरकारसँग सहकार्य गर्न लागिएको हो । सत्ता सहकार्यका लागि जसपाले १० वटा मन्त्रालय माग गरेकोमा ओलीले ८ वटा मन्त्रालय दिने बताएपछि सहमती समेत दुवै पक्ष बिच भईसकेको बताईएको छ ।
एमाले र जसपाका २० सांसदको हस्ताक्षरसहित राति नै शीतल निवासमा पुगेर ७६ (५) को सरकारको दाबी प्रस्तुत गरिएको श्रोतको भनाई छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै ७६ (५) को प्रधानमन्त्री बनाउनका लागि बहुमत जुटाउन एमालेका १२१ र जसपाको २० गरी १४२ जना सांसद रहेको भन्दै दाबी पेश गर्न लागिएको जसपा श्रोतको दाबी छ । उक्त दाबी आजै राष्ट्रपति समक्ष पेश गर्ने तयारी समेत भएको छ । ठाकुर पक्षले त्यस्तो निर्णयसहित तयारी गरेपनि अर्का अध्यक्ष उपेन्द्र यादव यो विषयमा अनभिज्ञ राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको बेडरूमसम्मै बिचौलियाको पहुँच छ भन्ने गगनको अभिव्यक्तिमा ओलीले फर्काए जवाफ
प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता
सरकार ढल्छ भन्नेहरू गल्न थालेका छन्: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली सहभागी कार्यक्रम लुम्बिनीका मन्त्री र सांसदले गरे बहिष्कार
प्रधानमन्त्री ओली लुम्बिनीमा
भूकम्प स्मृति दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीको मन्तव्य (पूर्णपाठ)