हलिउड अभिनेता, कमेडियन तथा लेखक पल मुनीको निधन भएको छ । ७९ वर्षका मुनीको क्यालिफोर्नियामा हृदयघातको कारण निधन भएको हो । मुनीका एजेन्ट हेलेन शोले उनको निधनको पुष्टि गरेका छन् । ‘सानदार अभिनेता तथा प्रतिभाशाली कमेडियनको हृदयघातको कारण निधन भएको छ’ हेलेन शोले भनेको छ ।
मुनीका परिवारले पनि ट्वीट मार्फत मृत्युको पुष्टि गरेका छन् । मुनीले सुरुमा क्यालिफोर्नियाको ओकल्याण्डमा सर्कसको रिंगमास्टरको कमेडियनको रुपमा आफ्नो व्यवसायिक करियर सुरु गरेका थिए । पछि कमेडीको अलवा लेखनको काम पनि सुरु गरेका थिए ।
नस्लवाद र आमेरिकी जीवनको विषयमा गरेको तिखो विचारका कारण मुनीलाई स्ट्यान्ड अफ कमेडीमा एक सम्मानित व्यक्तित्वको रुपमा उभ्याएको थियो । ‘रिचर्ड प्रायर स् लाइव अन द सनसेट स्ट्रिप’ र ‘द रिचर्ड प्रायर शो’ सबैभन्दा बढी कमेडीमा हिट हुनुको पछाडिको कारण लेखक मुनी नै मानिन्छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०६ जेठ २०७८, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वन्यायाधीश प्रधानको निधनमा आज शोक बिदा, इजलास सञ्चालन नहुने
वरिष्ठ कलाकार 'राते काइँला' सुनिल थापाको निधन
पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
गायक प्रशान्त तामाङको निधन
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन
प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन